गृहपृष्ठ धनुषामा शौचालयको सेफ्टी ट्यांक खोल्दा एकको मृत्यु, दुईजना बेहोस
धनुषामा शौचालयको सेफ्टी ट्यांक खोल्दा एकको मृत्यु, दुईजना बेहोस
सांकेतिक तस्बिर
धनुषाको विदेह नगरपालिकामा शौचालयका लागि निर्माणाधीन सेफ्टी ट्यांकमा निस्सासिएर एक जनाको मृत्यु भएको छ भने दुईजना बेहोस भएका छन् । विदेह नगरपालिका–६, तीनकौरियास्थित रामसोभित महतोको घरमा मंगलबार बिहान शौचालयको सेफ्टी ट्यांक खोल्ने क्रममा ३० वर्षीय दिनेश चौधरीको घटनास्थलमै मृत्यु भएको हो । घटनामा फुलगेन दास र शुभनारायण दास बेहोस भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
सेफ्टी ट्यांकभित्र पसेका चौधरीको अक्सिजनको कमीले गर्दा मृत्यु भएको हो । अन्य दुईजना चौधरीलाई बचाउन सेफ्टी ट्यांकभित्र पस्दा बेहोस भएका हुन् । बेहोस भएका फुलगेन दास र शभनारायण दासलाई उपचारका लागि जनकपुर ल्याइएको छ ।
प्रकाशित समय १३:४० बजे

















