गृहपृष्ठ हनुमन्ते खोलाबाट १६ टन फोहोर संकलन
हनुमन्ते खोलाबाट १६ टन फोहोर संकलन
भक्तपुर भएर बग्ने हनुमन्ते नदी सफाइ अभियानको आज २४अाैं हप्तामा १६ टन फोहोर संकलन भएको छ । मध्यपुरथिमि नगरपालिकाको कौशलटारदेखि लोकन्थलीसम्मको क्षेत्रमा भएको सरसफाइको शनिबार कलाकार दीपाश्री निरौलाले सुरूवात गरिन् ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य महेश बस्नेतले हनुमन्तेमा फोहोर फाल्नेलाई कडा कारबाही गर्न नगरपालिकाले ठोस कार्यक्रम बनाउनुपर्ने बताए । सूर्यविनायक नगरपालिकाको नेतृत्वमा सुरु भएको अभियानमा जिल्लाका विभिन्न संघ-संस्था, नगरपालिका, विद्यालय, स्थानीय बासिन्दा र अभियन्ताको सक्रिय सहभागिता रहेको नगरपालिकाका प्रमुख वासुदेव थापाले जानकारी दिए ।
०७५ लाई हनुमन्ते सफाइ वर्ष घोषणा गर्दै सुरु भएको अभियानमा शनिबारसम्म करिब २ सय ६० टन फोहोर संकलन भएको छ । आजको अभियानमा ५ सय ७० जनाको सहभागिता रहेको हनुमन्ते सफाइ अभियानका अभियन्ता पुष्कर गजुरेलले जानकारी दिए ।
प्रकाशित समय १५:०० बजे