गृहपृष्ठ रुपन्देहीको तुल्बुलिया पुलमा शंकास्पद वस्तु फेला

रुपन्देहीको तुल्बुलिया पुलमा शंकास्पद वस्तु फेला

bomb-newskarobar

पूर्व-पश्चिम राजमार्गअन्तर्गत रुपन्देहीको सैनामैना नगरपालिका–५, तुल्बुलिया पुलमा शंकास्पद वस्तु फेलापरेको छ । अज्ञात समूहले पुलको मध्य भागमा राखेको उक्त वस्तु बम भएको आशंका गरिएको छ ।

विप्लव नेतृत्वको नेकपाले नेपाल बन्द घोषणा गरेको सन्दर्भमा बन्द सफल पार्न बम राखेक हुन सक्ने अनुमान प्रहरीको छ । नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थल पुगिसकेको घटनास्थलबाट इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक दिपेश बस्यालले जानकारी दिए । शंकास्पद वस्तुका कारण अहिले घटनास्थल वरिपरि स्थानीय त्रसित भएका छन् ।

प्रकाशित समय ०८:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु