गृहपृष्ठ राजपा अध्यक्ष महन्थ ठाकुर र लक्ष्मण थारूबीच भेटवार्ता
राजपा अध्यक्ष महन्थ ठाकुर र लक्ष्मण थारूबीच भेटवार्ता
राष्ट्रिय जनता पार्टी (राजपा) का अध्यक्ष महन्थ ठाकुरले कैलाली कारागारमा रहेको सोही पार्टीका नेता लक्ष्मण थारुलाई भेटेका छन् । भेटेका क्रममा दुई नेताबीच टीकापुर घटना, समसामयिक राजनीति र पार्टीको आन्तरिक संरचनाबारे छलफल भएको छ ।
भेटवार्तापछि सञ्चारकर्मीको जिज्ञासामा नेता ठाकुरले टीकापुर घटनाको मुद्दा अदालती प्रक्रियामा गइसकेको र अब अदालतले छिटोभन्दा छिटो प्रक्रिया टुंग्याउनेमा विश्वस्त रहेको बताए । ‘एक-दुर्इ महिना त भन्दैनौं तर यही वर्ष नै मुद्दा टुंगिएर रिहाइ प्रक्रिया सुरु हुन्छ,’ उनले भने । उनले टीकापुर घटनालाई राज्यले अझै आपराधिक घटनाको रुपमा हेरेकाले समस्या समाधान हुन नसकेको बताए ।
प्रकाशित समय १७:५८ बजे

















