गृहपृष्ठ लागूऔषधसहित चार पक्राउ

लागूऔषधसहित चार पक्राउ

प्रतिबन्धित लागूऔषधसहित प्रहरीले सिरहा र सप्तरीको विभिन्न स्थानबाट मंगलबार साँझ चार जनालाई पक्राउ गरेको छ ।

डेढ किलो गाँजासहित सिरहाको बरियारपट्टी गाउँपालिका–३ का ५० वर्षीय कुलदेव चौधरीलाई पक्राउ गरिएको हो ।

यस्तै सप्तरीको सुरुङ्गा नगरपालिका–३ कडोरवोना चोकबाट प्रहरीले उदयपुरको त्रियुगा नगरपालिका–९ का २२ वर्षीय नवराज खत्रीलाई पक्राउ गरेको छ ।

खत्रीको साथबाट लागूऔषध ५२ एम्पुल फेनारगन, ५३ एम्पुल लुपिजेसिक, ५२ एम्पुल डाइजेपाम र एक थान सिरिन्ज बरामद गरेको प्रहरीले जनाएको छ ।
सोही ठाउँका निरञ्जन कार्की र नारायण चौधरीलाई समेत प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।
(रासस)

प्रकाशित समय ११:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु