गृहपृष्ठ महेन्द्रनगरमा बिहानैदेखि प्रदर्शन, निर्मलाको हत्यारा सार्वजनिक गर्न माग
महेन्द्रनगरमा बिहानैदेखि प्रदर्शन, निर्मलाको हत्यारा सार्वजनिक गर्न माग
कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको वास्तविक हत्यारालाई जोगाउन खोजिएको भन्दै स्थानीयले बुधबार पनि महेन्द्रनगरमा आन्दोलन जारी राखेका छन् । स्थानीयले बिहानैदेखि महेन्द्रनगर बजार बन्द गराएर प्रदर्शन गरेका छन् ।
वास्तविक हत्यारालाई पक्राउ गर्न माग राख्दै स्थानीयले मंगलबार गरेको प्रदर्शनमा प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो । त्यसपछि महेन्द्रनगर दिनभर नै तनावग्रस्त बनेको थियो । निर्मला पन्तको हत्या आरोपमा निर्दोष व्यक्तिलाई पक्राउ गरेको स्थानीयको आरोप छ ।
प्रहरीले निर्मलाको हत्या गरेको आरोपमा ४१ वर्षीय दिलिपसिंह विष्टलाई पक्राउ गरि सोमबार सार्वजनिक गरेको थियो । प्रहरीले मानसिक सन्तुलन ठिक नभएको व्यक्तिलाई पक्राउ गरेर घटना ढाकछोप गर्न लागेको स्थानीयको भनाइ छ ।
वास्तविक हत्यारालाई सार्वजनिक नगरेसम्म उद्योगी व्यवसायी, स्थानीय र अधिकारकर्मी महिलाले आन्दोलित जारी राख्ने चेतावनी दिएका छन् । गत साउन ११ गते हत्या गरेर फालिएको अवस्थामा निर्मला फेला परेकी थिइन् ।
प्रकाशित समय १०:०२ बजे

















