गृहपृष्ठ ओखरपौवामा ट्रकको ठक्करबाट एकको मृत्यु, स्थिति तनावग्रस्त

ओखरपौवामा ट्रकको ठक्करबाट एकको मृत्यु, स्थिति तनावग्रस्त

फोहोर बोकेर गएको ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएपछि ओखरपौवाका स्थानीय आन्दोलित भएका छन् ।

बा २ ख ६११८ नम्बरको ट्रकले सोमबार बिहान ककनी गाउँपालिका महालक्ष्मीस्थानका ४९ वर्षीय पदम बलामीको मृत्यु भएपछि स्थानीय आन्दोलित भएका हुन् ।

अहिले सो क्षेत्रमा सवारी आवागमन रोकेर विरोध प्रदर्शन गरिरहेका छन् । स्थानीयले क्षतिपूर्तिको माग राखेका छन् । आन्दोलका कारण पासाङल्हामु राजमार्गमा सवारी सधान अलपत्र परेका छन् ।

प्रकाशित समय १०:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु