गृहपृष्ठ बलात्कारको प्रतिकार कसरी गर्ने ?

बलात्कारको प्रतिकार कसरी गर्ने ?

balatkar-newskarobar सांकेतिक तस्बिर

 

कञ्चनपुरकी १३ वर्षीय किशोरी निर्मला पन्तको हत्यारालाई कारबाहीको माग गर्दै मुलुक तातेको छ । उनलाई न्याय दिलाउन ठूलै आन्दोलन भइरहेको छ भने प्रदर्शनमा प्रहरी गोली लागी एक जनाको मृत्य भएको छ । कञ्चनपुर घटनामात्र होइन दिनदिनै बलात्कारका खबर आइरहेका छन् । कतिपय स्थानमा आफ्नै परिवारका सदस्य तथा आफन्तबाटै भएका यस्ता घटना सुन्दा नै कहाली लाग्छ । अझ बलात्कृत भइसकेपछिको जीवन नरक सरह भोग्नुपर्ने बाध्यता छ ।

बालिकादेखि किशोरी तथा बृद्धसम्म बलात्कृत भएको सुन्नै नसकिने खबरहरु आइरहेका छन् । नेपाली समाजमा बलात्कारको विषयमा चर्चा हुने गरे पनि आकस्मिक रुपमा पीडकको हिंसाबाट बच्न के गर्न सकिन्छ भन्ने विषयमा चर्चा नै हुने गरेको छैन । बलात्कार हुन लागेको आपत्कालिन अवस्थामा के गर्ने भन्नेबारे विश्वभरि बहस हुन थालेको छ । तर नेपालमा त्यस्तो सुनिदैन ।

मनोविद्का अनुसार बलात्कारको प्रमुख कारण यौनकुण्ठा हो । बलात्कार हुनबाट बच्ने विशेष सूत्र नभए पनि थोरै प्रयास र सावधानीबाट सतर्कता अपनाउन सकिन्छ । बलात्कार सँधै एकान्तमा हुने गर्छ । ८५ प्रतिशत बलात्कार आफूले चिने जानेको व्यक्तिबाटै हुने गरेको प्रहरीको तथ्यांक छ । ‘चिनेजानेको मान्छेले कुनै प्रकारको यौनिक क्रियाकलाप दर्साउँछ भने त्यसको तत्काल प्रतिवाद गर्नुपर्छ । ती क्रियाकलापमा मौन रहने हो भने उसलाई बलात्कार गर्न झन् हौसला प्रदान गर्छ,’ जानकारहरु भन्छन्, ‘एकान्त ठाउँमा कोहीसँग भएको अवस्था छ भने आफूलाई सुरक्षित राख्न ठूलो आवाजमा कराउनुपर्छ ।’

मोबाइल भए ठूलो स्वरमा कुरा गरेर त्यहाँबाट उम्कने प्रयत्न गर्ने, कुनै बाहाना बनाएर भाग्ने प्रयास गर्नुपर्छ । घरभित्रै असुरक्षित महसुस भएमा आफूले विश्वास गर्न सक्ने परिवारका अन्य सदस्यसँग कुरा राख्नुपर्र्ने विज्ञहरुको सुझाव छ ।

सकेसम्म बलात्कारको प्रयास गर्नेको अण्डकोसमा प्रहार गर्ने वा गर्धन भन्दा माथी प्रहार गरेर बेहोस बनाउन सकिन्छ । आपतकालिन अबस्थामा सक्दो बल प्रयोग गरी प्रतिकार गर्ने, ठूलो स्वरमा कराउने गर्नाले पनि अपराध गर्न खोज्ने हच्किन सक्छ । आफुलाई महिनावारी वा गर्भवती भएको बताउने वा गम्भीर किसिमको रोग लागेको बताए पनि पीडकले छाड्न सक्छ । कपडामै दिसापिसाब गर्ने, पागलपनको नाटक गर्ने, नजिक कोही भएजस्तो गरेर नाम उल्लेख गरेर कसैलाई बोलाएकाहरु अपराधीको पञ्जाबाट बचेका अपराधमा अनुसनधान गर्ने प्रहरी अधिकारीहर बताउछन् ।

बालिका जोगाउन चुनौती
बलात्कारको सन्दर्भमा सबैभन्दा जोखिममा बालिका रहेको विश्वभरका विभिन्न अनुसन्धानले देखाएको छ । शारीरिक रुपमा निक्कै कजोर र प्रतिकार गर्न नसक्ने हुदा यौन पिपासुहरुले बालिकालाई सिकार बनाएका खबर आइरहन्छन् । बालबालिकामाथि हुने बलात्कारका घटना निराकरणमा शिक्षक तथा अभिभावकको ठूलो भूमिका रहन्छ ।

अभिभावकले बालबालिकालाई एक्लै कतै पठाउँदा अथवा एक्लै घरमा छोड्दा आपतकालिन अवस्थाको निम्ति प्रयोग हुने सिट्ठी, घण्टी, साइरनको आवाज दिने खेलौनाको व्यवस्था गर्नुपर्छ । नेपालका प्रत्येक स्कूलहरुले यस्तो प्रकारको सिट्ठी अथवा साइरनको प्रयोगलाई अनिवार्य गर्न सक्छन् । जसको प्रयोग बालबालिकाले आपतकालिन अवस्थामा गर्न सक्छन् । यस्तो सावधानीले यौनजन्य घटना वा बलात्कारका घटना मात्र नभई बालबालिका माथि हुने अन्य अपराध पनि कम गर्न सकिन्छ ।

बालबालिकामाथि हुने घटना अधिकांश चिनेजानेका मानिसबाटै हुने गरेका छन । यस्ता घटनाबारे बालबालिकाले व्यक्त गर्न नसक्ने भएकाले अभिभाबक व्याबहारमा बालबालिकाको साथी जस्तो बन्नुपर्छ । ससाना कुराहरु सोध्ने तथा बालबालिकाले आफूलाई सबै गतिविधि बताउने खालको परिस्थिती अभिभावक बनाइरहनुपर्ने क्लिनिकल मनोविज्ञ डा. विजय ज्ञवाली बताउछन् । ज्ञवाली भन्छन्, ‘केटाकेटी यस्ता यस्ता घटना सहजरूपमा सुनाउन सक्दैनन् । अभिावकले आफैँलाई गाली गर्ने डरले वा अरु कारणले खुलाउन चाहदैनन्, यसैले अभिभावकले उनीहरूलाई गाली फकाएर सोध्ने, उनीहरूमा कुनै परिवर्तन महसुस भएको छ भने बालमनोविज्ञको सहयोग लिनुपर्छ ।’

बलात्कारीलाई सजायको बहस
हरेक दिन जसो हुने बलत्कार जस्तो जघन्य अपराध गर्नेलाई सजायाको व्ययबस्था छ । कुनै घटना भएपछि मात्र बहस गर्न र त्यसपछि सेलाउने हाम्रो परम्परानै बनेको छ । अहिले निर्माला पन्तको बलात्कारपछिको हत्याको सन्दर्भमा पनि सडकदेखि सदनसम्म ठूलौ आवाज उठेको छ । जसले ठुलो आन्दोलनको रुप धारण गरेको छ । सडकदेखि सदनसम्म सामाजिक सञ्जालदेखि पत्रपत्रिकामा आएका खबरसम्मका प्रतिक्रियालाई हेर्ने हो भने बलात्कारीको लिङ्ग काट्नेदेखि मृत्युदण्ड दिनेसम्मको सजाँय हुनु पर्छ’ भन्ने मत छ । तर यो विचार पनि विभाजित छ ।

एकथारी भन्छन् ‘नेपालमा मृत्युदण्डको व्यवस्था नभएता पनि अन्य मुलुकको अनुभवलाई हेर्ने हो भने मृत्युदण्डको सजायको व्यवस्था हुँदा पनि ती मुलुकमा बलात्कारको घटनामा कुनै कमि आएको छैन ।’ नेपालको परिप्रेक्ष्यमा हेर्ने हो भने बलात्कारीलाई कठोर काराबासको व्यवस्था हुँदाहुँदै पनि किन अपराध गर्छन् त ? यहाँको न्याय प्रणालीको ढिला सुस्ती र अपराध अनुसन्धानको वैज्ञानिक प्रक्रिया नहुँदा धेरै पीडितले न्याय पाउन नसकेको अवस्था छ ।

कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कारी र हत्यारालाई कारवाहीको विषयमा पनि यही अल्झिएको छ । अनुसन्धान प्रक्रिया वैज्ञानिक छैन र सक्कली पिडक लुकाउदै नक्कली पिडक खडा गरिएको आरोप लागेको छ । कञ्चनपुर घटना मात्र एक उदाहरण होईन । जापानमा नेपालीको बढ्दो आत्महत्या नियन्त्रणका लागि मानसिक रोग तथा आत्महत्या रोकथाम अभियान सञ्चालन गरिरहेका क्लिनिकल मनोविज्ञ ज्ञवाली भन्छन्, ‘दोषि पत्ता लागे पनि अधिकांश घटना वर्षौं बित्दासमेत फैसला नहुदा पीडितको पीडामा थप पीडा थपिएको छ । पिडकको मानोबल बलियो भएको छ । जसले गर्दा पिडकलाई तत्काल सजाय दिनुपर्छ ।

प्रकाशित समय १४:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु