गृहपृष्ठ कुँवरलार्इ सामान्य सोधपुछका लागि बोलाएका हाैं : प्रहरी

कुँवरलार्इ सामान्य सोधपुछका लागि बोलाएका हाैं : प्रहरी

न्युज कारोबारका समाचार सम्पादक नवराज कुँवरलार्इ सामान्य सोधपुछका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । बेलका नगरपालिकाकी उपप्रमुख राजकुमारी चाैधरीले अाफूमाथि सामाजिक सञ्जालमार्फत बेइज्जति भएको भन्दै उजुरी दिएकाले सोधपुछका लागि नियन्त्रणमा लिइएको महानगरीय अपराध महाशाखाले जनाएको हो ।

प्रारम्भिक अनुसन्धान र सोधपुछका क्रममा समाचार र समाचारमाथि गरिएका कमेन्टका आधारमा उजुरी गरेको पाइएपछि रिहा गरिएको महाशाखा प्रमुख एसएसपी धिरजप्रताप सिंहले जानकारी दिए । उपप्रमुखले उजुरी फिर्ता लिएकी छन् । प्रहरीले समाचार सम्पादक कुँवरलार्इ अपराह्न ४ बजे कार्यकक्षबाटै पक्राउ गरेको थियो ।

प्रकाशित समय २०:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु