गृहपृष्ठ अख्तियार प्रमुखमा नविनकुमार घिमिरे सिफारिस
अख्तियार प्रमुखमा नविनकुमार घिमिरे सिफारिस
अख्तियार दुरूपयाेग अनुसन्धान अायाेगकाे प्रमुख अायुक्तमा नविनकुमार घिमिरेकाे नाम सिफारिस भएकाे छ । घिमिरे अख्तियारका कार्यवाहक प्रमुख अायुक्त हुन् ।
बुधबाह विहान सिंहदरबारमा बसेकाे संवैधानिक परिषद्काे बैठकले अख्तियारकाे प्रमुख अायुक्तमा घिमिरेलार्इ सिफारिर गर्ने निर्णय गरेकाे हाे ।
संवैधानिक परिषद्ले अख्तियार प्रमुखमा सिफारिस गरेका घिमिरेकाे अब संसदीय समितिमा सुनुवाइ हुनेछ । संसदीय समितिले उनकाे नाम अनुमाेदन गरेमा राष्ट्रपतिले अख्तियारकाे प्रमुख अायुक्तमा नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।
संवैधानिक परिषद्काे बैठकले दीप बस्न्यातले अवकास पाएपछि लामो समयदेखि रिक्त अख्तियारको प्रमुख आयुक्तमा घिमिरेलार्इ सिफारिस गरेकाे हाे ।
प्रधानमन्त्रीको अध्यक्षतामा रहने संवैधानिक परिषद्मा प्रधानन्यायाधीश, प्रतिनिधि सभाको सभामुख, राष्ट्रिय सभाको अध्यक्ष, प्रतिनिधि सभाको विपक्षी दलको नेता, प्रतिनिधि सभाको उपसभामुख सदस्य रहने व्यवस्था संविधानको धारा २८४ को उपारा (१) ले गरेको छ । सोही धाराको उपधारा (५) अनुसार नेपाल सरकारको मुख्य सचिव संवैधानिक परिषदको सदस्य सचिव रहने व्यवस्था छ ।
प्रकाशित समय १२:५६ बजे

















