गृहपृष्ठ प्रजनन् स्वास्थ्य अधिकार सम्बन्धी विधेयक पारित
प्रजनन् स्वास्थ्य अधिकार सम्बन्धी विधेयक पारित
‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार विधेयक, २०७५’ सर्वसम्मतिले पारित भएको छ । विधेयक पारित गरियोस् भनी उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले प्रतिनिधि सभाको आजको बैठकमा पेश गरिएको प्रस्ताव सर्वसम्मतिले पास भएको हो ।
यसअघि मन्त्री यादवले ‘शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदनसहितको सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार विधेयक, २०७५ माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।
सांसद प्रेम सुवाल र दुर्गा पौडेलले छलफलमा भाग लिएका थिए । उनीहरुले गर्भपतनको अधिकार आमालाई हुनुपर्ने, एक वर्ष बिदा नलिनेले के गर्ने भन्ने व्यवस्था हुनुपर्नेलगायत विषयमा ध्यानाकर्षण गराएका थिए ।
समितिले संशोधन गरेको सो विधेयकको दफा एकदेखि १२ सम्मको संशोधनलाई अंग बनाउने प्रस्ताव पनि सर्वसम्मतिले पारित भएको छ । यसैगरी विधेयकको दफा दुईदेखि ३७ सम्मका संशोधन पनि सर्वसम्मति पारित भएको छ । विधेयकको नाम र प्रस्तावना पनि सर्वसम्मतिले पारित भएको छ ।
प्रकाशित समय १५:३९ बजे