गृहपृष्ठ एसएसपी लोहोनी थुनामुक्त

एसएसपी लोहोनी थुनामुक्त

gold-newskarobar

साढे ३३ किलो सुन तस्करी र शनम शाक्य हत्याका अभियुक्तमध्येका निलम्बिल प्रहरी वरिष्ठ उपरिक्षक दिवेश लोहनीलाई उच्च अदालत विराटनगरले शुक्रबार साधारण तारेखमा छाड्न आदेश दिएको छ ।

जिल्ला अदालत मोरङको आदेशअनुसार पुर्पक्षका लागि थुनामा रहेका लोहनीलाई रिहा गर्न उच्च अदालतका न्यायाधीश शारदा सुवेदी र नागेन्द्रलाभ कर्णको संयुक्त इजलासले आदेश दिएको हो । उनले गत असार ७ गते थुनामुक्त हुनका लागि निवेदन पेश गरेका थिए ।

सुन काण्ड र शनम हत्याकाण्डको पेशी शुक्रबारका लागि तोकिएपनि लोहनीको बाहेक २२ पेशी भने स्थगित भएका थिए । तारेखमा छाडेर कारबाही प्रक्रिया अघि बढाउन आदेश भएको उच्च अदालतका रजिष्ट्रार नारायणप्रसाद रेग्मीले जानकारी दिए ।

प्रकाशित समय ०८:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु