गृहपृष्ठ घुस लिएको आरोपमा नौ प्रहरी अख्तियारको नियन्त्रणमा

घुस लिएको आरोपमा नौ प्रहरी अख्तियारको नियन्त्रणमा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मनोहरा खोलाको बालुवा निकाल्न ‘सेटिङ’ मिलाइदिने भन्दै ठेकेदारसँग घुस लिएको आरोपमा नौ जना प्रहरीलाई नियन्त्रणमा लिएको छ ।

अख्तियारले प्रहरी सहायक निरीक्षक गोपाल श्रेष्ठ र सुवास ढुंगाना तथा प्रहरी हवल्दार दीपक भारती, उमेश यादव र अमन चौधरीलाई नियन्त्रणमा लिएको प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए । प्रसनी श्रेष्ठले ठेकेदारसँग ३० हजार, प्रसनी ढुंगाना र प्रहरी हवल्दार भारतीले ४५ हजार, प्रहरी हवल्दार यादव र चौधरीले पाँच/पाँच हजार रूपैयाँ घुस लिएको अख्तियारले जनाएको छ ।

त्यस्तै प्रहरी जवान रत्न रिजाल, मानसिंह रोका, दीपेन्द्र कुँवर र मुकेश पटेललाई पनि घुस लिएको आरोपमा अख्तियारले नियन्त्रणमा लिएको छ । उनीहरूले ठेकेदारसँग पाँच/पाँच हजार घुस मागेका थिए । उनीहरुलाई बानेश्वरका विभिन्न क्षेत्रबाट अख्तियारले नियन्त्रणमा लिएको हो । आयोगले उनीहरुको साथबाट एक लाख रूपैयाँ बरामद गरेको छ ।

प्रकाशित समय ०६:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु