गृहपृष्ठ आपूर्ति ठप्प भएपछि उपत्यकामा पेट्रोलियम पदार्थको अभाव
आपूर्ति ठप्प भएपछि उपत्यकामा पेट्रोलियम पदार्थको अभाव
काठमाडौं उपत्यकामा पेट्रोलियम पदार्थको अभाव भएको छ । ट्यांकर चालक र ढुवानीकर्ताले पेट्रोलियम पदार्थको आपूर्ति ठप्प पारेपछि काठमाडौं उपत्यकामा पेट्रोलियम पदार्थको अभाव भएको हो । गत मंगलबारदेखि चालक र ढुवानीकर्ताले आपूर्ति ठप्प बनाएका छन् ।
ट्यांकर चालकले निगमसँग भएको सहमति विपतिर काम गरेको निगमको भनाइ छ । चालकको मागका विषयमा सहाति भएपनि चालकहरुले सहमति तोडेको निगमको भनाइ छ । चालकको तलब भत्ता, सञ्चयकोषको व्यवस्था गर्ने विषयमा निगमसँग सहमति भएको थियो ।
तर, चालकले सो सहमति पालना नगरेको निगमको भनाइ छ । ढुवानीकर्ताको मागका विषयमा छलफल भइरहेको निगम प्रवक्ता वीरेन्द्रकुमार गोइतले जानकारी दिए । केहिदिन यता उपत्याकाको पेट्रोल पम्पहरुमा उपभोक्तको लाइन लागेको छ । चाडपर्व नजिकिदै गर्दा इन्धनको अभाव हुन थालेपछि उपभोक्ता मारमा परेका छन् ।
प्रकाशित समय ११:४१ बजे