गृहपृष्ठ नेपाल निर्माण व्यवससायी महासंघको अध्यक्षमा रवि सिंह विजयी

नेपाल निर्माण व्यवससायी महासंघको अध्यक्षमा रवि सिंह विजयी

नेपाल निर्माण व्यवससायी महासंघको अध्यक्षमा रवि सिंह विजयी भएका छन् । नयाँ नेतृत्व चयनका लागि शनिबार भएको मतदानमा यक्षध्वज कार्कीलाई पराजित गर्दै सिंह विजयी भएका हुन् । सिंहले ४६६ मत ल्याएर विजय हात पारेका छन्। कार्कीले ३५३ मतमात्र पाएका थिए। सिंह नेपाली कांग्रेस निकटका हुन् ।

वरिष्ठ उपाध्यक्षमा सिंह प्यानलकै निकोलस पाण्डे, एशोसियट्स उपाध्यक्षमा आङ दोर्जी लामा, महासचिवमा रोशन दाहाल, कोषाध्यक्षमा हिरण श्रेष्ठ, आन्तरिक उपमहासचिवमा नरहरी थपलिया र नीतिगत उपमहासचिवमा टंक चौलागाई निर्वाचित भए । कोषाध्यक्षमा सिंह प्यानलकै हिरणकुमार श्रेष्ठ र सहकोषाध्यक्षमा सरस्वती कार्की निर्वाचित भएका छन् ।

प्रदेश उपाध्यक्षमा प्रदेश १ मा धिरेन्द्र कुमार दाहाल, प्रदेश २ मा सुरेन्द्र प्रसाद सिंह, प्रदेश ३ मा पेम्बा लामा, गण्डकी प्रदेशमा राजेन्द्र पहारी, प्रदेश ५ मा टोपबहादुर रायमाझी, कर्णाली प्रदेशमा राम बहादुर खड्का र प्रदेश ७ मा टेक बहादुर सेठ्ठी उपाध्यक्ष विजयी भएका छन् ।

प्रकाशित समय १२:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु