गृहपृष्ठ ढिस्कोमा पुरिएर भारतीय नागरिक बेपत्ता

ढिस्कोमा पुरिएर भारतीय नागरिक बेपत्ता

धादिङको बुढीगण्डकी नदीमा नुहाउन गएका एक भारतीय नागरिक बेपत्ता भएका छन् ।

त्रिपुरासुन्दरी गाउँपालिका– १ बुट्टारमा बूढीगण्डकी र आँखुखोलाको दोभानमा आइतबार दिउँसो नुहाउन गएका बेला दक्षिणी भारत बेङ्लोर निवासी ४० वर्षीय आनन्द मोहन माथिबाट खससेको ढिस्कोले पुरिएर बेपत्ता भएका हुन् ।

बेपत्ता मोहनको खोजी भइरहेको प्रहरी उपरीक्षक डम्बरबहादुर विकले जानकारी दिए ।

प्रकाशित समय १७:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु