गृहपृष्ठ सर्पको टोकाइबाट दिदीभाइको मृत्यु

सर्पको टोकाइबाट दिदीभाइको मृत्यु

सांकेतिक तस्बिर

रुपन्देहीको तिलोत्तमामा सर्पको टोकाईबाट एकै घरका दिदीभाईको मृत्यु भएको छ । मृत्यु हुनेमा तिलोत्तमा ६ गणेशपुरका सुस्मिता सुवेदी र सौगात सुवेदी छन् । राति घरमै सुतिरहेको अवस्थामा उनिहरुलाई सर्पले टोकेको थियो ।

दुबैजनालाई आइतबार बिहान गम्भिर अवस्थामा अस्पताल भर्ना गरिएको थियो । लुम्बिनी अञ्चल अस्पतालमा उपचारका क्रममा उनिहरुको मृत्यु भएको हो ।

मृतक दिदीभाई शान्ति नमुना माविमा अध्यनरत विद्यार्थी हुन । सुस्मिता कक्षा ४ र सौगात कक्षा १ मा अध्यनरत विद्यार्थी रहेको विद्यालयका शिक्षक कृष्ण के.सी.ले जानकारी दिए । दुवै सन्तानको निधनपछि परिवारमा गहिरो शोक परेको छ ।

प्रकाशित समय १२:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु