गृहपृष्ठ सोह्रश्राद्ध सुरु
सोह्रश्राद्ध सुरु
आजदेखि सोह्रश्राद्ध अर्थात् पितृ पक्ष सुरु भएको छ ।
अश्विन कृष्ण प्रतिपदादेखि शुरु हुने सोह्रश्राद्ध अश्विन शुक्ल प्रतिपदासम्म चल्नेछ । १६ वटा तिथिमा दिवंगत भएका पितृलाई तर्पण, पिण्डदान र सिदादान गरिने भएकाले सोह्र श्राद्ध भनिकएको धार्मिक मान्यता छ ।
मुख्य चाडपर्व र ठूला कार्य पहिले पितृलाई सम्झिएर श्रद्धापूर्वक उनिहरुको सेवा गर्न वैदिक सनातन हिन्दू परम्पराअनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो ।
सोह्रश्राद्ध गर्नाले पितृप्रतिको आफ्नो दायित्व बोध पूरा हुनाका साथै पितृऋणबाट पनि मुक्त मिल्छ भन्ने विश्वास रहिआएको छ ।
प्रकाशित समय ०८:०० बजे

















