गृहपृष्ठ खुल्यो दशैंको अग्रिम टिकट बुकिङ

खुल्यो दशैंको अग्रिम टिकट बुकिङ

काउन्टरमा बिहानैदेखि भिड

फाइल तस्बिर

लामो खिचातानीपछि दशैंमा घर जाने यात्रुका लागि लक्षित अग्रिम टिकट बुकिङ खुलेको छ ।नेपाल यातायात व्यवसायी महासंघको बैठकले मंगलबारबाट अग्रिम टिकट बुकिङ खुला गरेको हो ।
भदौ ३१ गते यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच असोज ५ गतेदेखि खुल्ला गर्ने सहमति जुटेको थियो तर, पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरिएको भन्दै यातायात व्यवसायीले टिकट बुकिङ खोल्न मानेका थिएनन् ।

सरकारले १० प्रतिशत गाडीभाडा बढाएपछि सोमबार महासंघले बैठक बसी टिकट बुकिङ खुला गर्ने निर्णय गरेको थियो । बुकिङ खुलेपछि राजधानीका विभिन्न स्थानका टिकट काउन्टरहरुमा भिड लागेको छ । अग्रिम टिकट बुकिङ खुला भएपछि गोँगबुस्थित नयाँ बसपार्कमा बिहानैदेखि यात्रुको घुइँचो लागेको हो ।

टिकट बुकिङ खुला भएपछि नयाँ बसपार्क क्षेत्रको सुरक्षा बढाइएको छ । महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कका प्रमुख एवं प्रहरी निरीक्षक मोहनविक्रम केसीले टिकट बुकिङ खुला भएसँगै दशैंको सुरक्षा बढाइएको बताए । दशैंमा काठमाडौंबाट २० लाख भन्दा धेरै नागरिक बाहिर जिल्ला जाने गरेका छन् ।

प्रकाशित समय ०८:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु