गृहपृष्ठ असोजको वर्षाले कैलाली डुवानमा, धनगढी जलमग्न
असोजको वर्षाले कैलाली डुवानमा, धनगढी जलमग्न
सोमबार राति परेको अविरल वर्षले कैलालीका अधिकांश ठाउँ डुवानमा परेको छ । डुवानले धनगढीको जनजीवन प्रभावित भएको छ ।
पार्कमोड, बिसालनगर, शिवनगर लगायत उपमहानगरका बिभिन्न ठाँउ जलमग्न भएका छन् भने धनगढीस्थित प्रदेशसभा भवन अगाडी पानी जमेर आवत–जावत रोकिएको छ । अधिकांश स्थान जलमग्न हुँदा विद्यार्थीलाई विद्यालय पुग्न कठिन भएको छ ।
बसपार्क क्षेत्रमा पनि पानी जमेको छ । अविरल वर्षसँगै आएको हावाहुरीले केही क्षेत्रमा विद्युत् आपूर्ति ठप्प भएको छ । डुवानले मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
उपमहानगरले डुवान समस्या हटाउनका लागि नाला खोल्ने कामलाई तीब्रता दिए पनि एक दिनकै बर्षाले धनगढीका अधिकांश डुवानमा परेका छन् ।
प्रकाशित समय ०९:१९ बजे



















