गृहपृष्ठ गैडाकोटमा ट्रक र बस जुध्यो, १६ घाइते

गैडाकोटमा ट्रक र बस जुध्यो, १६ घाइते

Accident-Thakkar-newskarobar

पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको गैँडाकोट नगरपालिका–१६ मा ट्रकसँग बस ठोक्किँदा १६ जना यात्रु घाइते भएका छन् ।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
लु१ख ६७५४ नम्बरकोे ट्रकसँग पश्चिमतर्फ जाँदै गरेको लु२च ३९६ नं को बस ठोक्किएको हो ।

सामान्य घाइते आठ जना उपचारपछि घर फर्किएका छन् । अन्य आठ जनाको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।

प्रकाशित समय ०९:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु