गृहपृष्ठ विश्वविद्यालयहरुको भद्रगोल चिर्छु : मन्त्री पोखरेल
विश्वविद्यालयहरुको भद्रगोल चिर्छु : मन्त्री पोखरेल
शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विद्यालयभित्र रहेको भद्रगोल चिर्न आफू सक्रिय रहेको बताएका छन् । पूर्वाअञ्चल विश्वविद्यालयको दुई दिने वर्कशपको विराटनगरमा मंगलबार उद्घाटन गर्दै मन्त्री पोखरेलले विद्यमान अवस्थामा विश्वविद्यालयको अवस्था भद्रगोल भएकाले त्यसको अन्त्यका लागि आफु् क्रियाशिल रहेको बताए ।
सबै विश्वविद्यालयको सुधार र पुनर्गठन प्रक्रियामा सरकार रहेको भन्दै मन्त्री पोखरेलले सुधारका लागि विश्वविद्यालयका पदाधिकारी, प्राध्यापकहरूको महत्वपूर्ण सहयोग आवश्यक रहेको बताए ।
कार्यक्रममा पूर्वाअञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. घनश्यामलाल दासले सबैको सामुहिक प्रयासबाट विश्वविद्यालयलाई गौरव गर्न लायक विश्वविधालय बनाउनुपर्नेमा जोड दिए । यसअघि, मन्त्री पोखरेलले शैक्षिक भवन, प्राशासनिक भवन र सरस्वती मन्दिरको उद्घाटन गरेका थिए ।
दुई दिनसम्म चल्ने सो वर्कशपमा व्यवस्थापन संकाय, विज्ञान तथा प्रविधि संकाय कला, शिक्षाशास्त्र, चिकित्साशास्त्र संकाय अन्तर्गतका क्याम्पस÷कलेजहरुका लागि शिक्षण संस्थाहरुको प्रभावकारी गुणस्तर सुधारका लागि आवश्य रणनीति तयार पारिने बताइएको छ ।
प्रकाशित समय ११:५४ बजे

















