गृहपृष्ठ अपांगता भएका व्यक्तिलाई ह्विल चियर प्रदान
अपांगता भएका व्यक्तिलाई ह्विल चियर प्रदान
संरक्षण मन्च जनकपुरको अगुवाइमा अपांग भएका एक व्यक्तिलाई ह्विल चियर प्रदान गरिएको छ । मंगलवार बिहान जनकपुर उपमहानगरपालिका वाडा नम्बर ९ का अमित कुमार मण्डललाई उनकै डेरमा पुगेर ह्विल चियर प्रदान गरिएको हो ।
शहिद नगरपालिकाका प्रमुख उदय कुमार बरबरिया, समाजसेवी बैधनाथ साह र दाता स्वामी प्रेमले सयुत्त रुपमा ह्विल चियर प्रदान गर्नुभएको हो ।डेढ वर्ष पहिले खुट्टामा पानी जमेर मण्डलको उपचार नहुँदा अशक्त भएका थिए ।
अशक्त भएपछि हिडडुल गर्न समेत नसक्ने भएको र ह्विल चियर समेत किन्न नसक्ने अवस्थामा रहेकाले मण्डललाई ह्विल चियर दिइएको असहाय मन्चका सदस्य एवं दीपेन्द्र सिंहले बताए । सिंहकै अग्रसरतामा मण्डललाई ह्विल चियर र बैशाखी उपलब्ध गराइएको हो ।
यसअघि, पनि मन्चले २५ भन्दा बढी अपांग भएकालाई ह्विल चियर वितरण गरेको थियो ।
प्रकाशित समय १२:१० बजे

















