गृहपृष्ठ महाकाली नगरपालिका डुबानमा, जोगबुढा नदीमा आएको बाढी बस्तीमा पस्यो
महाकाली नगरपालिका डुबानमा, जोगबुढा नदीमा आएको बाढी बस्तीमा पस्यो
कञ्चनपुरको महाकाली नगरपालिका डुबानमा परेको छ । सोमबारदेखि परेको पानीले नगरपालिकामा रहेको १२ वटा भन्दा धेरै घर डुबानमा परेको छ । जोगबुढा नदीमा आएको बाढी समेत गाउँमा पसेको कञ्चनपुर प्रहरीले जनाएको छ ।
डुबानमा परेकालाई सुरक्षित स्थानमा सारिएको इलाका प्रहरी कार्यालय दोधारा चाँदनीले जनाएको छ । जोगबुढा नदीले कटान गरेपछि महाकाली नगरपालिका–१० कुतियाकवर जाने झोलुङ्गे पुल समेत जोखिममा परेको छ ।
सो पुल जोगाउनका लागि प्रहरी र स्थानीय मिलेर तटबन्ध बनाउन लागेका छन् ।
प्रकाशित समय १२:३७ बजे

















