गृहपृष्ठ अल्टिच्युडमाथिको उडान प्रतिबन्ध फुकुवा
अल्टिच्युडमाथिको उडान प्रतिबन्ध फुकुवा
सांकेतिक तस्बिर
अल्टिच्युड एयरमाथि लगाएको उडान प्रतिबन्ध फुकुवा भएको छ । गत भदौ २३ गते अल्टिच्युडको हेलिकोप्टर दुर्घटना भएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले उडानमा प्रतिबन्ध लगाएको थियो ।
अल्टिच्युड एयरको हेलिकोप्टर नुवाकोटको मेधाङ गाउँपालिकामा दुर्घटना हुँदा पाइलट निश्चल केसीसहित ५ नेपाली र एक जापनी नागरिकको मृत्यु भएको थियो ।
प्राधिकरणले ‘सेफ्टी एसेस्मेन्ट’ गरी रिपोर्ट पेस गर्न भन्दै उडानमा प्रतिबन्ध लगाएको थियो। रिपोर्ट पेस गरेपछि उडानमा लगाएको प्रतिबन्ध फुकुवा अाइतबार नै गरिएको प्राधिकरणले जनाएको छ ।
प्रकाशित समय १४:३५ बजे

















