गृहपृष्ठ भक्तपुरबाट सात जुवाडे पक्राउ
भक्तपुरबाट सात जुवाडे पक्राउ
महानगरीय प्रहरी वृत्त जगातीले जुवातास खेल्दै गरेको अवस्थामा सोमबार सात जनालाई नियन्त्रणमा लिएको छ ।
उनिहरुलाई जुवाखालबाट एक लाख ३० हजार रुयैयाँसहित पक्राउ परेका हुन् ।
भक्तपुर नगरपालिका–३ बाराहीस्थानस्थित एक घरमा डेरा गरी बस्ने भक्तपुर नगरपालिका इताछेका ४४ वर्षीय जीवन शाहीको कोठामा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले सातै जनालाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए ।
पक्राउ पर्नेमा जीवन शाही, मदनकुमार राजवंशी, विवेक लामा, विक्रम तामाङ, सन्तोष श्रेष्ठ, बलबहादुर खत्री र सुकराम तामाङ छन् । (रासस)
प्रकाशित समय ०९:३७ बजे

















