गृहपृष्ठ बलात्कार अभियोगमा चार जना जेल चलान, एक फरार

बलात्कार अभियोगमा चार जना जेल चलान, एक फरार

उदयपुरको कटारी नगरपालिका–४ की एक १४ वर्षीय बालिकालाई सामूहिक बलात्कार गर्ने पाँच जनालाई जिल्ला अदालतले मंगलबार दश वर्ष ६ महीना जेल सजायको फैसला सुनाएको छ ।

जिल्ला न्यायाधीश तेजेन्द्रप्रसाद शर्माको एकल इजालासले बलात्कारमा संलग्न पाँच जनालाई जेल सजायसँगै दुई लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको हो । दण्ड सजाय पाउने चारै जनाको उमेर १५ वर्षदेखि १८ वर्ष रहेको छ ।

जिल्ला अदालतका नायब सुब्बा कमला निरौलाका अनुसार १६ वर्ष नपुगेका एक जनालाई तत्काल सुधारगृहमा पठाउने तथा १६ वर्ष माथिकालाई कारागार पठाउने तयारी छ । पन्ध्र वर्षीय अभियुक्तलाई भने सात वर्ष जेल सजायको फैसला सुनाइएको छ ।

२०७४ भदौ १६ गते पाँचै जनाले कटारीको खेलकूद मैदानमा १४ वर्षीया बालिकालाई बलात्कार गरेका थिए । बालिकाको अभिभावकको उजुरीको आधारमा गत भदौ १७ गते चार जनालाई पक्राउ गरी इलाका प्रहरी कार्यालय कटारीले बलात्कारसमबन्धी मुद्दा दर्ता गरेको थियो । एक जना अझै फरार छन् । (रासस)

प्रकाशित समय ०९:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु