गृहपृष्ठ इडीभी २०२० को आवेदन आज रातिदेखि भर्न सकिने

इडीभी २०२० को आवेदन आज रातिदेखि भर्न सकिने

अमेरिकी डाइभर्सिटी भिसा (डीभी) चिट्टा आज रातिदेखि खुल्ने भएको छ ।

बुधबार राति ९ः ४५ बजेबाट खुल्ने आवेदन आगामी कात्तिक २० गते राति १०ः ४५ बजेसम्म भर्न सकिने नेपालस्थित अमेरिकी राजदुतावासले जनाएको छ ।

डीभी खेलेसँगै विभिन्न कन्सल्टेन्टहरुको कमाइ पनि राम्रै हुने गरेको छ । तर, दुतावासले भने आवेदन भर्दा कुनै शूल्क नलाग्ने र आफ्नै परिवारको साथ लिएर आवेदन बुझाउन सुझाव दिएको छ ।

डीभी भर्न दिन चाहनेले  यहाँ  आवेदन दिन सक्नेछन् । पति–पत्नी र २१ वर्ष उमेर नपुगेका अविवाहित सन्तानको समेत आवेदनमा सूचिकृत अनिवार्य गरिएको छ । बालबच्चा भएर पनि समावेश नगरेमा आवेदन मान्य नहुने बताइएको छ ।

एकभन्दा बढी आवेदन बुझाउने गर्नुभएको छ भने होस पुर्याउनुहोस्, एक भन्दा बढी आवेदन योग्य हुने छैन । असअघि प्रयोग भएका फोटो यस वर्षको आवेदनमा प्रयोग गर्न नमिल्ने बताइएको छ । फोटोसम्बन्धी नियमहरू कडाइका साथ पालना गर्नु पर्नेछ र प्रत्येक फोटो आफ्नो आवेदनमा समावेश भएका सही व्यक्तिहरूसँग मेल खाने बुझाउनु पर्नेछ ।

आवेदन भरेपछि तपाइले एक कन्फर्मेसन नम्बर पाउनुहुनेछ । सो नम्बर सुरक्षित राख्नुपर्नेछ । सोही नम्बरका आधारमा आफू छनौट भए–नभएको ७ मे २०१९ मा हेर्न सकिन्छ ।

प्रकाशित समय ०९:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु