गृहपृष्ठ निर्मला हत्या प्रकरण : मुख्यमन्त्रीको कार्यालयअगाडि प्रदर्शन
निर्मला हत्या प्रकरण : मुख्यमन्त्रीको कार्यालयअगाडि प्रदर्शन
१३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा न्याय माग्नका लागि महिला अधिकारकर्मीको टोली प्रदेशको अस्थायी राजधानी धनगढी पुगेको छ ।

महेन्द्रनगरमा आन्दोलनरत महिला अधिकारकर्मीको टोलीले बुधबार प्रदेशको मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा धर्ना दिँदै मुख्यमन्त्री त्रिलोचन भट्टलाई ज्ञापनपत्र बुझाएको हो ।

घटना भएको दुई महिना भन्दा धेरै हुँदा पनि प्रहरी प्रशासनले दोषी पक्राउ गर्न नसकेको भन्दै अधिकारकर्मीले निर्मलाका लागि न्याय माग्दै ज्ञापन पत्र बुझाएका हुन् । उनिहरुले धनगढिमा प्रदर्शन गर्दै मुख्यमन्त्रिको कार्यालयमा पुगेर ज्ञापनपत्र बुझाएका थिए ।
प्रकाशित समय १७:५६ बजे

















