गृहपृष्ठ गृृह मन्त्रालयविरुद्ध घेराबन्दी भयो : गृहमन्त्री

गृृह मन्त्रालयविरुद्ध घेराबन्दी भयो : गृहमन्त्री

badal-newskarobar

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले आफ्नो मन्त्रालयविरुद्ध घेराबन्दी भएको आरोप लगाएका छन् । तस्कर, दलाल, भ्रष्ट, गुण्डागदीविरुद्ध मन्त्रालयले मिसन चलाएकाले गृह मन्त्रालयविरुद्ध घेराबन्दी सुरु भएको उनको भनाइ छ ।

भरतपुरमा आयोजित एक कार्यक्रममा गृहमन्त्री थापाले जनतालाई दुःख दिने र अपराध गर्नेहरुविरुद्ध सरकार आक्रामक बनेको बताए । लागुऔषध निषेध, मदिरा नियन्त्रण र महिला तथा बालबालिका हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रममा गृहमन्त्री थापाले भने, ‘नेपाली युवालाई लागुऔषधमा फसाउने, जग्गा दलाली गरेर ठग्ने, वैदेशिक रोजगारीका नाममा मानव तस्करी गर्ने अपराधीहरु राजनीतिक दल, कर्मचारी र प्रहरीकै संरक्षणमा हुर्किरहेका थिए । अब ठेगान लगाइन्छ ।’

लागू औषध र मदिरा सेवनकै कारण महिला तथा बालबालिकामाथि हिंसा र बलात्कार बढेको उनले बताए । कार्यक्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले अपराधीसँग साँठगाँठ गर्ने प्रहरीको भविष्य नभएको बताए । बलात्कारका घटनामा २४ प्रतिशत घरबाहिरका र ७६ प्रतिशत आफन्त, नातागोता वा नजिकको मान्छे संलग्न हुने गरेको उनले बताए ।

प्रकाशित समय १९:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु