गृहपृष्ठ विराटनगरलाई नै स्थायी राजधानी बनाउन माग गर्दै ज्ञापनपत्र

विराटनगरलाई नै स्थायी राजधानी बनाउन माग गर्दै ज्ञापनपत्र

rajdhani-maag-newskarobar

प्रदेश १ को स्थायी राजधानी विराटनगरलाई नै बनाउन माग गर्दै विराटनगरका ६३ संघ संस्थाले प्रदेश सभाका सभामुख र मुख्यमन्त्रीमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएका छन् । पर्याप्त पूर्वाधार र सामथ्र्यका आधारमा राजधानी बन्न विराटनगर नै उपयुक्त भएको उनीहरुको तर्क छ ।

उद्योग संगठन मोरङ, मोरङ व्यापार संघको अगुवाइमा विभिन्न संघसंस्थाले राजधानी हुने आधारसहित ज्ञापनपत्र बुझाएका हुन् । उद्योगी व्यवसायीले राजधानीको पर्याप्त आधार हुँदाहुँदै अन्यत्र लगे संघीयता र समृद्धिको नारा सार्थक नहुने भन्दै सभामुख भण्डारीको ध्यानाकर्षण गराएका थिए । ज्ञापनपत्र बुझ्दै सभामुख प्रदीपकुमार भण्डारीले विराटनगरका सरोकारवालाले उठाएका उपयुक्त सुझावका विषयमा सम्बन्धित ठाउँमा जानकारी दिने बताए ।

यस्तै, प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले राजधानीको विषयमा संसदले ठोस निर्णय गर्ने भएकाले अहिले नै आत्तिन नहुने बताए । प्रदेशको नाम र राजधानीको टुंगो लगाउन नेकपाको संसदीय दलमा छलफल भइसकेको छ भने नेपाली कांग्रेसको संसदीय दलको बैठक जारी छ ।

प्रदेशसभाको दुई तिहाइ मतले प्रदेशको नाम र राजधानीको टुंगो लगाउने संवैधानिक व्यवस्था छ । सरकारले संसदको यही अधिवेशनमा यो विषयलाई टुंग्याउने तयारी गरेको छ ।

प्रकाशित समय १६:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु