गृहपृष्ठ भ्रष्टाचारको अभियोग लागेका एघार जनालाई सफाइ

भ्रष्टाचारको अभियोग लागेका एघार जनालाई सफाइ

bisesh adalat newskarobar

विशेष अदालतले भेरी अञ्चल अस्पताल बाँकेको भ्रष्टाचारसम्बन्धी मुद्दामा बिहीबार ११ जनालाई सफाइ दिएको छ ।

विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी र न्यायाधीश नारायणप्रसाद पोखरेलको इजलासले पद्मबहादुर जिसीसहित चार र पीताम्बर सुवेदीसहित सात जनालाई सफाइ दिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई वर्षअघि भेरी अञ्चल अस्पतालको सरकारी रकम अनियमता गरेको भन्दै २०७३ भदौ २६ मा जिसीसहित चार जनाविरुद्ध र २०७४ वैशाख १२ मा सुवेदीसहित सात जनालाई छुट्टाछुट्टै आरोपपत्र दर्ता गरेको थियो ।

अख्तियारले पीताम्बर सुवेदीलाई ४२ लाख ११ हजार, पद्मबहादुर जिसी ८७ हजार, मनिराम वर्मालाई ८२ लाख तीन हजार ८१६ र माधवप्रसाद ज्ञवालीलाई २१ लाख दुई हजार १५२ रुपैयाँ हिनामिना गरेको दाबीसहित मुद्दा दर्ता गरेको थियो । (रासस)

प्रकाशित समय ०८:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु