गृहपृष्ठ ट्रकको ठक्करबाट एक जनाको मृत्यु
ट्रकको ठक्करबाट एक जनाको मृत्यु
कैलालीको लम्की चुँहा नगरपालीका–४ मा शुक्रबार बिहान ट्रकको ठक्करबाट एक जनाको ज्यान गएको छ ।
दुई मोटरसकाइकल एक आपसमा ठोक्किँदा भुइँमा लडेका से४प ७३७० नम्बरका मोटरसाइकल चालक भागीराम चौधरीलाई पूर्वतर्फबाट आएको ना४ख १२४७ नम्बरको ट्रकले कुल्चिदा घटनास्थलमै मृत्यु भएको हो ।
से४प ७३७० नम्बरको मोटरसाइकल र से६प ७०४१ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँएका थिए । अर्का मोटरसाइकल चालक लम्की चुँहा–४ का विनोद विश्वकर्मा घाइते भएका छन् । उनलाई उपचारका लागि लालरत्न अस्पतालमा लगिएको छ ।
चौधरीलाई कुल्चेर फरार ट्रक र चालकलाई मसुरीयाबाट पक्राउ गरीएको ट्राफिक प्रहरी कार्यालय लम्कीका प्रमुख नवराज शाहीले जानकारी दिए ।
प्रकाशित समय ०८:०५ बजे

















