गृहपृष्ठ ८ सय लिटर घरेलु मदिरा नष्ट

८ सय लिटर घरेलु मदिरा नष्ट

madira.newskarobar

पर्वतको कुश्मा बजारका विभिन्न क्षेत्रबाट अवैध रूपमा बिक्री वितरण हुँदै आएको घरेलु मदिरा नष्ट गरिएको छ । १२०० लिटर घरेलु मदिरा बरामद गरी नष्ट गरिएको प्रहरीले जनाएको छ ।

एक हप्ताको समयमा जिल्ला प्रहरी कार्यालय र सामुदायिक सेवा केन्द्रले संयुक्त रूपमा बजार अनुगमन टोलीले अवैध घरेलु मदिरा बरामद गरेको हो ।

कुश्मा नगरपालिकाका वडा नं ४, ५, ६ र ७ बाट अवैध मदिरा बरामद गरी बिहीबार जिल्ला प्रहरी कार्यालयमा नष्ट गरिएको जिल्ला प्रहरी कार्यलय पर्वतका प्रहरी निरीक्षक रविन्द्रकुमार श्रेष्ठले जानकारी दिए । त्यस्तै मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ र १२ प्लाष्टिकका ड्रमसमेत नियन्त्रणमा लिइएको छ ।

प्रकाशित समय १०:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु