गृहपृष्ठ चाडपर्व लक्षित विशेष सुरक्षा योजना
चाडपर्व लक्षित विशेष सुरक्षा योजना
दसैं र तिहारलाई ध्यानमा राखेर कास्की प्रहरीले विशेष सुरक्षा व्यवस्था मिलाएको छ ।
चाडपर्वलक्षित सुरक्षा योजना सार्वजनिक गर्दै कास्की प्रहरीले दसैं र तिहारमा २४सै घण्टा सुरक्षा प्रदान गर्न ६०० को हाराहारीमा सुरक्षाकर्मी परिचालित हुने जनाएको छ । शान्ति सुरक्षाकै लागि सशस्त्र प्रहरीले समेत १५० सुरक्षाकर्मी र राष्ट्रिय अनुसन्धानको टोली पनि पोखराको मुख्य–मुख्य चोकमा परिचालित हुनेछन् ।
पोखराको मुख्य चोकका ९ स्थानमा सिआरभी टोली खडा हुनेछ । अस्थायी प्रहरी पोष्ट २० स्थानमा, ग्रामीण क्षेत्रमा १४ गस्ती प्रहरी टोली, सहरी क्षेत्रमा छ मोबाइल टोली परिचालन हुनेछ ।
आर्थिक कारोबार हुने बैंक तथा सहकारी संस्था र व्यापारिक केन्द्रमा गस्ती टोली, नवदुर्गाको पूजाको समयमा भीड लाग्ने विन्ध्यवासिनी, भद्रकालीलगायतका मन्दिरमा सुरक्षा व्यवस्था कडा पारिने बताइएको छ । (रासस)
प्रकाशित समय ०९:५९ बजे

















