गृहपृष्ठ निर्मला हत्या प्रकरण : सेना र मामामाथि छानबिन गर्न माग

निर्मला हत्या प्रकरण : सेना र मामामाथि छानबिन गर्न माग

नेपाल मानव अधिकार संगठनले कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा सेनामाथि पनि छानबिन गर्न माग गरेको छ । काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संगठनले निर्मलाको हत्या भएको नजिकै नेपाली सेनाको ब्यारेक रहेकाले सबै जानकारी सेनालाई भएको दाबी गर्दै सेनामाथि छानबिन गर्न माग गरेको हो ।

स्थलगत अनुगमनपछि फर्किएको संगठनको टोलीले निर्मलाको साथी रोशनी बम दिदीबहीनी बसेको घर सेनाको व्यारेक नजिकै रहेको र त्यो घरमा सेनाका मान्छे आउने जाने गरेकोले अनुसन्धान हुनुपर्ने प्रतिवेदन सार्वजनिक गरेको हो ।

निलम्बित एसपी डिल्लीराज विष्ट, डिएसपी ज्ञानकुमार सेठी,प्रहरी निरीक्षक एकेन्द्र खड्का, वम दिदी बहिनी, निर्मलाका मामा भनिने तिर्थराज र सेनाको ब्यारेकलाई घटनाबारे सबै जानकारी भएको संगठनको प्रतिवेदनमा उल्लेख छ । संगठनले एसपी विष्टका छोरा किरण र नगरपालिका प्रमुखका भतिजा आयूषमाथि पनि प्रभावकारी छानबिन नगरि घटनलाई राजनीतिकरण गरिएको प्रतिवेदनमा उल्लेख छ ।

पत्रकार सम्मेलनमा संगठनका अध्यक्ष ईन्द्रप्रसाद अर्यालले प्रधानमन्त्री केपी ओलीले दोषी पत्ता लगाउन १२ वर्ष पनि लाग्न सक्ने भनि दिएको अभिव्यक्तिले हत्यारालाई जोगाउन खोजिएको प्रष्ट भएको बताए ।

अध्यक्ष अर्यालसहित ३ सदस्यीय टोली कञ्चनपुर पुगेर घटनाका विषयमा अनुगमन र अनुसन्धान गरेको थियो । टोलीले त्यहाँका सरोकारवाला ४० जना भन्दा बढिसँग घटनाकाबारे छलफल गरेको थियो ।

प्रकाशित समय १६:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु