गृहपृष्ठ बाँकेमा माइक्रोबस र ट्रक जुध्यो, ४ जनाको मृत्यु, १७ घाइते
बाँकेमा माइक्रोबस र ट्रक जुध्यो, ४ जनाको मृत्यु, १७ घाइते
पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिकामा ट्रक र माइक्रोबस एक आपसमा ठोक्किदा चार जनाको मृत्यु भएको छ ।
दाङबाट नेपालगञ्जतर्फ जाँदै गरेको रा१ख १६६२ नम्बरको माइक्रोबस र विपरित दिशाबाट आउँदै गरेको लु१ख ७७२९ नम्बरको ट्रक मुगुवा खोला नजिकै ठोक्किएका थिए ।
दुर्घटनामा १७ जना घाइते भएका छन् । घाइतेलाई उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेज लगिएको प्रहरीले जनाएको छ ।
प्रकाशित समय ११:१० बजे

















