गृहपृष्ठ वडा कार्यालय बन्द गरेर कर्मचारी खेल गर्न गए, सेवाग्राही मारमा

वडा कार्यालय बन्द गरेर कर्मचारी खेल गर्न गए, सेवाग्राही मारमा

कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १३ को कार्यालय नै बन्द गरेर वडाध्यक्ष सहित कर्मचारीहरु भेट्रान बलिबल प्रतियोगिता हेर्न गएका छन् । कर्मचारीहरु भलिवल प्रतियोगिता हेर्न जाँदा सेवाग्राही भने मारमा परेका छन् । अन्य काम छोडेर कार्यालय पुगेका सेवाग्रही रित्तो हात फर्कन बाध्य भएका छन् ।

बिहीबार दिउँसो १२ बजे वडा कार्यालय पुग्दा कार्यालयमा ताला लगाइएको एक सेवाग्रहीले बताए । उनले भने, ‘अन्य काम छोडेर वडा कार्यालय पुगेको ढोकामा ताल्चा झुन्डाइएको छ, रित्तो हात फर्किनु पर्यो’, एक सेवाग्राहीले भने ।

गाउँमा सिंहदरबार आएको भनिए पनि कार्यालयमा एउटा कर्मचारी पनि नभेटिनुले सिंह मात्र आएको तर दरबार नआएको महासुस भएको सेवाग्राहीको गुनासो छ । वडा अध्यक्षदेखि कर्मचारीले दुख दिने गरेको सेवाग्राहीले गुनासो गरे । १३ नम्बर वडाका अध्यक्ष विजयराज जोशी हुन् ।

प्रकाशित समय १४:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु