गृहपृष्ठ सूर्यविनायकमा अखाद्य वस्तुको बिक्री

सूर्यविनायकमा अखाद्य वस्तुको बिक्री

bajar-anugaman फाइल तस्बिर

दसैं नजीकिँदै गर्दा उपभोक्तालाई ठगिनबाट जोगाउन सूर्यविनायक नगरपालिकाले बजार अनुगमन शुरु गरेको छ । नगरपालिकाले शुक्रबार सल्लाघारी, सूर्यविनायक र चुनदेवी क्षेत्रमा खाद्यान्न, फलफूल, तरकारी र मिठाइ पसलको अनुगमन गरेको छ ।

उपप्रमुख जुना बस्नेतको नेतृत्वमा अनुगमन शाखाका कर्मचारी, स्वास्थ्य शाखाका कर्मचारी, नगर प्रहरी र सञ्चारकर्मीसहितले अनुगमन गरेका हुन् ।

सो क्रममा अधिकांश किराना पसल तथा मिनीमार्ट दर्ताविना नै सञ्चालन गरेको पाइएको छ । सल्लाघारी क्षेत्रका ठूला र वार्षिक करोडौंका कारोबार गर्ने पसलले नै नगरपालिकामा दर्ता नगरी पसल सञ्चालन गरेको र कर छली गरेको पाइएको उपप्रमुख बस्नेतले बताए ।

ठूला किराना पसल तथा मिनीमार्टमा म्याद गुज्रेका र अखाद्य वस्तुसमेत बिक्रीमा राखेको पाइएको तथा लेवल र मूल्य सूची नराखेको पाइएकाले एक पटकलाई सचेत गराएर छाडिएको छ ।

नगरपालिकाले पाँच महीनाअघि पसल दर्ता अभियान नै चलाए पनि साना कारोबार गर्ने अधिकांश पसल दर्ता भएका तर ठूला र करोडौंको कारोबार गर्ने पसल दर्ता नगरेको भेटिएको नगरपालिकाका प्रमुख वासुदेव थापाले बताए । रासस ।

प्रकाशित समय १९:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु