गृहपृष्ठ दश दिनसम्म ट्रिपर चलाउन छुट

दश दिनसम्म ट्रिपर चलाउन छुट

फाइल तस्बिर

महानगरीय ट्राफिक प्रहरी महाशाखाले टिपरलाई दसैं छुट दिएको छ । शनिबारदेखि १० दिन बिहान र दिउँसो काठमाडौंका सडकमा ट्रिपर कुद्न पाउने छन् । शनिबारदेखि कात्तिक ५ गतेसम्मका लागि ट्रिपरहरु दिउँसो पनि गुड्न पाउने महाशाखाका प्रहरी उपरीक्षक (एसपी) राजकुमार लम्सालले जानकारी दिए ।

५ गतेपछि भने पुरानै व्यवस्था लागू हुने एसपी लम्सालले बताए । बिहान ९ बजेदेखि साढे ११ बजेसम्म र दिउँसो ३ बजेदेखि साँझ ७ बजेको समयबाहेक अन्य समयमा ट्रिपर चलाउन खुला गरिएको हो । ट्रिपरको कारण दुर्घटना बढेपछि गृह मन्त्रालयको निर्देशनमा गत साउन १ गतेदेखि राति ८ बजेदेखि बिहान ५ बजेसम्ममात्र ट्रिपर चलाउन पाउने व्यवस्था गरिएको थियो ।

बिहान र दिउँसोको समयमा ट्रिपर चलाउन पाउने भए पनि प्रतिघण्टा ३५ किलोमिटर भन्दा बढीको गतिमा नचलाउन महाशाखाले अनुरोध गर्दै सूचना जारी गरेको छ । तर ट्रिपरको गति कसरी नापिन्छ र चलाएमा कस्तो कारबाही हुने भन्ने बारे महाशाखाको सूचनामा केही उल्लेख छैन ।

प्रकाशित समय १८:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु