गृहपृष्ठ विष्ट र भट्टलाई बर्खास्त गरेपछि निर्मलाका बुबाले भने- बर्खास्तले मात्र पुग्दैन

विष्ट र भट्टलाई बर्खास्त गरेपछि निर्मलाका बुबाले भने- बर्खास्तले मात्र पुग्दैन

nirmala_newskarobar

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका बुबा यज्ञराज पन्तले एसपी डिल्लीराज विष्ट र इन्स्पेक्टर जगदिश भट्टलाई बर्खास्त गरेर राज्य पन्छिन खोजेको बताएका छन् । दुई प्रहरी अधिकारीलाई बर्खास्त गर्दैमा छोरीले न्याय नपाउने उनले बताए ।

बिहीबार राति सरकारले विष्ट र भट्टलाई बर्खास्त गरेपछि न्युज कारोबारसँग उनले भने, ‘छोरीको हत्या भएको तीन महिना बित्यो, अपराधी पक्राउ परेको छैन, प्रमाण नष्ट गर्ने प्रहरी अधिकारीलाई बर्खास्त गरेर जोगाउन खोजीयो ।’ उनले थपे, ‘विष्ट र भट्ट मात्र हैन अरु पनि छन्, प्रमाण नष्ट गर्नेलाई कानुनी कारबाही हुनुपर्छ, बर्खास्त मात्र हैन ।’

बम दिदीबहिनी र प्रहरी अधिकारीलाई सबै कुरा थाहा छ तर उनीहरुलाई जोगाउन राज्य नै लागेको उनले गुनासो गरे । आफूहरुलाई पैसाको प्रलोभनमा समेत पार्न खोजेको उनले बताए । ‘पैसा दिएर घटना मिलाउने प्रयास भइरहेको छ, राहत रकम लिन बोलाएमा छन्, पैसा भन्दा पनि छोरीले न्याय पाउनु पर्छ,’ उनले भने ।

आफूहरुलाई कमजोर बनाउन बम दिदीबहिनीलाई केही व्यक्तिले उक्साएर नभएको कुरा बोल्न लगाएको समेत यज्ञराजले बताए । ‘बम दिदीबहिनी पत्रकार सम्मेलन गर्दै हामीहरुको विरुद्ध बोल्दै हिडेका छन्, जो अन्यायमा परेको छ, उसैको विरुद्ध बेल्दै हिड्ने, हामीले न्याय माग्न अब कहाँ जाने?’ यज्ञराजले प्रश्न गरे ।

गत साउन १० गते साथी रोशम बमको घरमा गएकी निर्मला भोलीपल्ट मृत अवस्थामा फेला परेकी थिइन् । उनको बलात्कारपछि हत्या भएको पुष्टि भएपनि दोषी भने अझै पक्राउ परेको छैन ।

प्रकाशित समय ०८:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु