गृहपृष्ठ प्रधानमन्त्री ओलीको स्वास्थ्यमा क्रमिक सुधार

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा क्रमिक सुधार

रगत परीक्षण र छातिको एक्सरे रिपोर्ट सकारात्मक

kp-oli-newskarobar फाइल तस्बिर

छाती र श्वासप्रश्वासमा समस्या देखिएपछि सोमबार बिहान अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार आएको छ ।

मनमोहन कार्डियोथेरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत् ओलीको स्वास्थ्यमा मंगलबार सुधार भएको देखिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । अस्पतालले प्रधानमन्त्री अाेलीकाे अवस्थामा क्रमिक सुधार अाएकाे र अब एक दुई दिनमा नै डिस्चार्ज गर्न सकिने जनाएकाे छ ।

प्रधानमन्त्री ओलीका निजी चिकित्सक डा. दिव्या सिंह शाहले भनिन्, ‘स्वास्थ्यमा केही सुधार देखिएको छ, सास फेर्न पनि सहज हुँदै गएको छ ।’

प्रकाशित समय ०९:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु