गृहपृष्ठ लाजिम्पाटमा माइक्रो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

लाजिम्पाटमा माइक्रो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

accident-newskarobar

काठमाडौंको लाजिम्पाटमा माइक्रोबस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । एकजना घाइते भएका छन् ।

बा ६४ प ९२८४ नम्बरको मोटरसाइकल बा २ ख २०६८ नम्बरको माइक्रोसँग ठोक्किँदा मोटरसाइकल चालक नुवाकोेट तुप्चे ७ का अन्दाजी २८ वर्षीय प्रकाश तामाङको ज्यान गएको हो । तामाङको उपचारका क्रममा मंगलबार बिहान पौने ८ बजे ट्रमा सेन्टरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलमा सवार उदयपुरकी २३ वर्षीया सजु थापा घाइते भएकी छन् । माइक्रोबसका चालक राजकुमार खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित समय ०९:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु