गृहपृष्ठ ७३ वर्षीय वृद्धको कुटपिटबाट मृत्यु

७३ वर्षीय वृद्धको कुटपिटबाट मृत्यु

death-newskarobar सांकेति तस्बिर ।

दाङमा कुटपिटबाट एक वृद्धको मृत्यु भएको छ ।

तोरीमा सिँचाइ गर्ने पानी लैजाने विषयमा विवादपछि कुटपिट हुँदा तुलसीपुर उपमहानगरपालिका–६ गोलौराका ७३ वर्षीय सुकलाल भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्थानीय ४० वर्षीय मइमान बस्नेतको कुटपिटबाट भण्डारीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । हत्या आरोपमा बस्नेतलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए ।

भण्डारीको शव परीक्षणका लागि राप्ती अञ्चल अस्पताल तुलसीपुरमा राखिएको छ ।(रासस)

प्रकाशित समय ११:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु