गृहपृष्ठ अमेरिकाले मेक्सिकोको सिमामा ५ हजार २ सय सेना खटाउने

अमेरिकाले मेक्सिकोको सिमामा ५ हजार २ सय सेना खटाउने

अमेरिकाले मेक्सिकोको सिमामा ५ हजार २ सय सेना खटाउने भएको छ । आप्रवासीको प्रवेश रोक्न अमेरिकाले मेक्सिकोसँगको सिमामा ५ हजार २ सय सेना खटाउन लागेको हो । गत अप्रिल यता मेक्सिकोसँगको सीमामा अमेरिकाले २ हजार १ सय नेसनल गार्ड परिचालन गरिसकेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोसँगको सीमामा सेना परिचालन गरेर आप्रवासी रोक्ने बताएका थिए । राष्ट्रपति ट्रम्पले अमेरिका प्रवेश गर्न लागेका आप्रवासी आपराधिक समूह रहेको बताएका छन् । उनले ट्वीट गर्दै आप्रवासी आपराधिक समूह रहेको बताएका हुन् ।

प्रकाशित समय ११:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु