गृहपृष्ठ रामेछापमा खुकुरी प्रहारबाट दुई जना घाइते
रामेछापमा खुकुरी प्रहारबाट दुई जना घाइते
रामेछापको सुनापती गाउँपालिका २ दिमीपोखरीको मैरेमा पानीको निहुँमा खुकुरी प्रहार हुँदा दुई जना घाइते भएका छन् ।
घाइते हुनेमा स्थानीय श्यामलाल ग्यापक र अर्जुन रायमाझी रहेका छन् । खानेपानी पाइपको विषयमा विवाद हुँदा खुकुरी हानाहान भएको २ नम्बरको वडा अध्यक्ष कमल केसीले न्युजकारोबारलाई जानकारी दिए ।
सुरुमा अर्जुनले खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारबाट दुबैको हातमा चोट लागेको छ । जिल्ला प्रहरी कार्यलयले घटनाका विषयमा अनुसन्धान गरेर दोषीलाई कारबाही गरिने बताएको छ ।
प्रकाशित समय १२:४२ बजे

















