गृहपृष्ठ विराटनगर महानगरका १७ वडा खुला दिसामुक्त
विराटनगर महानगरका १७ वडा खुला दिसामुक्त
विराटनगर महानगरपालिका १७ वटा वडालाई खुला दिसामुक्त क्षेत्र घोषणा गरिएको छ । १९ वडा मध्ये बिहिबार तीन वटा वडालाई खुला दिसामुक्त क्षेत्र घोषणा गरिएको हो । महानगरपालिकामा एक कार्यक्रमको आयोजना गरी वडा नं २, १२ र १४ लाई खुला दिसामुक्त क्षेत्र घोषणा गरिएको हो । यो सँगै १७ वटा वडा खुला दिसामुक्त क्षेत्र भएका छन् ।
विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीले खुला दिसामुक्त क्षेत्र घोषणा गरिएका वडामा शतप्रतिशत चर्पी निर्माण भइ प्रयोगमा आएकाले २, १२ र १४ नं वडालाई खुला दिसामुक्त क्षेत्र घोषणा गरिएको जानकारी दिए ।उनले बाँकी दुई वडा १८ र १९ लाईपनि कार्तिक मसान्त भित्र संचरना तयार पारी महानगरलाई नै खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिने जानकारी दिए ।
प्रकाशित समय १६:३४ बजे

















