गृहपृष्ठ सम्बन्ध विच्छेदको मुद्दा दर्ता गर्ने पुरुष बढी

सम्बन्ध विच्छेदको मुद्दा दर्ता गर्ने पुरुष बढी

देवानी तथा फौज्दारी संहिता लागू भएसँगै सम्बन्धविच्छेदको मुद्दा दर्ता गराउने पुरुषको संख्या बढेको छ । दाङ जिल्ला अदालतको साढे दुई महीनाको तथ्याङकमा सम्बन्ध विच्छेदको मुद्दा दर्ता गर्नेमा महिलाभन्दा पुरुषको संख्या धेरै देखिएको हो ।

अदालतका श्रेस्तेदार चुडामणि रेग्मीका अनुसार उक्त अवधिमा ६१ पुरुष र ५७ महिलाले सम्बन्धविच्छेदको मुद्दा दर्ता गराएका छन् । यसअघि अदालतमा ११७ सम्बन्ध विच्छेदका मुद्दा परेकामा ४६ मुद्दा फैसला भइसकेको थियो ।

संहिताबमोजिम पुरुषले पनि सिधैँ अदालतमा सम्बन्ध विच्छेदको मुद्दा दर्ता गर्न पाउने भएकाले पुरुषको संख्या बढ्न थालेको जिल्ला अदालतका मुख्य न्यायाधीश हेमन्त रावलले जानकारी दिए । सम्बन्ध विच्छेदका मुद्दा बढ्नुमा पारिवारिक असमझदारी, वैदेशिक रोजगार, हतारको निर्णय, स्वतन्त्र रहन चाहनु नै रहेको रावलको भनाइ छ । (रासस)

प्रकाशित समय १०:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु