गृहपृष्ठ मुद्दा छिनोफानो गर्न मेलमिलाप नीति प्राथमिकतामा
मुद्दा छिनोफानो गर्न मेलमिलाप नीति प्राथमिकतामा
दाङको तुलसीपुर उपमहानगरपालिकाकोे न्यायिक समितिमा आएका मुद्दा छिनोफानो गर्न मेलमिलाप नीतिलाई प्राथमिकता दिइएको छ ।
समितिमा परेका अधिकांश विवाद मेलमिलापबाटै समाधान गरिँदै आएको र सहज न्याय र मेलमिलाप नीतिलाई सरल बनाउन अब प्रत्येक वडामा छिट्टै मेलमिलापकर्ता समेत राख्ने तयारी गरिएकोे संयोजक माया शर्माले जानकारी दिएकी छन् ।
‘हामीले न्यायलाई सरल र मेलमिलाप नीतिलाई सहज बनाउन इजलास निर्माणदेखि १९ वडाका अध्यक्ष र सचिवलाई तालीम दिएका छौँ, अब स्थानीयस्तरमै मेलमिलाप गराउन केही दिनमै सहजकर्ता राख्ने तयारीमा छौँ’ उनले भनिन् ।
न्यायिक समितिमा हालसम्म आएका १०१ विवादमा ४३ वटामा मेलमिलाप गरिएको समितिले जनाएको छ । समितिमा सम्बन्ध विच्छेद, घरेलु हिंसा, घरबहाल सम्झौता, निजी जग्गामा अरूले संरचना बनाएको तथा सिमाना विवादका उजुरी परेका थिए ।
गत आवमा ३५ र यस आर्थिक वर्षमा आठ विवादका मुद्दा मिलापत्रबाट फछर्योट गरिएकोे बताइएको छ ।(रासस)
प्रकाशित समय १०:५१ बजे

















