गृहपृष्ठ ३७ किलो चरेससहित रुपन्देहीमा तीनजना पक्राउ
३७ किलो चरेससहित रुपन्देहीमा तीनजना पक्राउ
३७ किलो लागुपदार्थ चरेससहित रुपन्देहीमा तीनजना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बुटवलले बुटवल उपमानगरपालिका-१४, बेलबास शान्तिचोकबाट तीन जनालाई नियन्त्रणमा लिएको हो ।
बागलुङका जनक घर्ती, कपिलवस्तुको बाणगंगाका नहारी थारु र अर्घाखाँचीका टिकाबहादुर रास्कोटीलाई इलाका प्रहरी कार्यालय बुटवलले पक्राउ गरेको हो । इलाका प्रहरी कायालय बुटबलका प्रमुख प्रहरी नायब उपरीक्षक डिलबहादुर मल्लले पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान भइरहेको जानकारी दिए ।
प्रकाशित समय ०६:३० बजे

















